२०८२ बैशाख ८ गते , सोमबार

सशस्त्र प्रहरीद्धारा भद्रपुरमा कपडा बरामद

sajilo news
झापा
२०८१ फाल्गुन १८ गते , आईतबार
सशस्त्र प्रहरीद्धारा भद्रपुरमा कपडा बरामद

झापा । सशस्त्र प्रहरीले अन्दाजी एक लाख मुल्य बराबरको कपडा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म भद्रपुरबाट खटिएको टोलीले भद्रपुर नाकाबाट भन्सार छलेर भित्राउँदै गरेको अवस्थामा सो मुल्य बराबरको कपडा बरामद गरेको हो । बरामद गरिएको कपडा भद्रपुर भन्सार कार्यालय बुझाउने तयारी भइरहेको जनाइएको छ । पछिल्लो समयमा सशस्त्र प्रहरी भद्रपुर नाकामा सतर्कता समेत बढाएको छ । 

सम्बन्धित समाचार