भद्रपुरबाट एकै दिन ब्राउन सुगरसहित पाँचजना समातिए
झापामा लागू औषधसहित एकै दिन पाँच जना पक्राउ परेका छन् । बिहीबार पक्राउ परेका उनीहरूलाई आज अदालतबाट म्याद थप गरी थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ पर्नेहरूमा मे १० प ५६४७ नम्बरको मोटरसाइकल चालक अर्जुनधारा नगरपालिका-५ बस्ने वर्ष २२ का प्रेमा तामाङ रहेका छन् । उनको साथबाट प्लास्टिकसहित १ ग्राम १६ मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । त्यस्तै मे ४ प ५९९७ नम्बरको मोटरसाइकल चालक भद्रपुर नगरपालिका-९ बस्ने वर्ष २६ का दीपेन्द्र खापुङको साथबाट प्लास्टिकसहित १ ग्राम ३८ मिलिग्राम ब्राउन सुगर फेला परेको छ ।
त्यस्तै पैदल आउँदै गरेका दमक नगरपालिका-४ बस्ने वर्ष २३ का सञ्जय राईको साथबाट प्लास्टिकसहित २ ग्राम ६७ मिलिग्राम ब्राउन सुगर फेला परेको छ भने मे.२प.६४१९ नम्बरको मोटरसाइकल चालक इलाम माई नगरपालिका-१ बस्ने वर्ष २६ का रोमन श्रेष्ठ र सोही मोटरसाइकलमा पछाडि सवार वर्ष ४६ का कृष्णबहादुर बुढाथोकी प्लास्टिकसहित १ ग्राम ९२० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेको डीएसपी खगेन्द्र खड्काले जानकारी दिएका छन् । भद्रपुर नगरपालिका-५ मेची पुलमा भारतबाट नेपालतर्फ आउँदै गर्दा उनीहरू पक्राउ परेको जनाइएको छ ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प