२०८३ जेष्ठ २३ गते , शनिबार
बच्चालाई स्कुल बस चढाउन जाँदा घरमा लाखौँको चोरी
झापाको अर्जुनधारामा बच्चालाई स्कुल बस चढाउन जाँदा घरमा लाखौँको चोरी भएको छ । बिहीबार बिहान अन्दाजी ९ः३० बजे अर्जुनधारा नगरपालिका-६ दासपुल नजिक बस्ने लक्ष्मी सङ्ग्रौलाको २ तले घरको माथिल्लो तलाबाट लाखौँको चोरी भएको हो । लक्ष्मी सङ्ग्रौलाकी बुहारी इन्दिरा रिजाल सङ्ग्रौला घरको ढोका तथा गेट खुल्ला राखी बच्चालाई स्कुल बस चढाउन गएकी थिइन् ।
उनी बच्चालाई स्कुल बस चढाई घर फर्किदा घरको माथिल्लो तलामा रहेको दराजको घर्रा भित्रबाट सुनको विभिन्न गर–गहना अन्दाजी ९ तोला बराबर र चाँदी अन्दाजी ३ तोला समेत गरी अन्दाजी १५ लाख बराबरको चोरी भएको हो । चोरी गर्ने व्यक्तिको पहिचान तथा खोजतलास कार्य भइरहेको बिर्तामोड प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प