२०८३ बैशाख ३ गते , विहीबार

स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. टंक बाराकोटी नियुक्त

sajilo news
झापा
२०८१ फाल्गुन २७ गते , मंगलबार
स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. टंक बाराकोटी नियुक्त

नेपाल सरकारको स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. टंक बाराकोटी नियुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रिस्तरिय निर्णय गर्दै डा. बाराकोटीलाई महानिर्देशकको जिम्मेवारी दिएका हुन्।  मन्त्रालयमा १२औं तहमा अतिरिक्त सचिवमा कार्यरत डा. बाराकोटीले बुधबार महानिर्देशकको पत्र बुझ्ने छन्।

स्वास्थ्य विभागमा महानिर्देशक रहेका डा. विकास देवकोटा सचिवमा बढुवा भएपछि उक्त पद रिक्त थियो।  डा. बाराकोटीले लामो झापा जिल्लामा बसेर सेवा दिएका थिए । प्रादेशिक अस्पताल भद्रपुरका मेसुको जिम्मेबारीमा रहेका डा. बाराकोटी १२औं तहमा बढुवा भएपछि मात्र काठमाडौं गएका हुन्।
 

सम्बन्धित समाचार