२०८३ जेष्ठ २३ गते , शनिबार
झापामा गाँजासहित एक दम्पती पक्राउ
झापाको कनकाई नगरपालिकाबाट गाँजासहित एक दम्पती पक्राउ परेका छन् । अवैध लागूऔषध गाँजा बेचबिखन गरिरेहेको गोप्य सूचनाको आधारमा आज दिउँसो इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी वरिष्ठ नायव निरीक्षक राधाकृष्ण दाहाल नेतृत्वको टोलीले कनकाई ४ मनकामना टोलमा छापा मारी गाँजासहित एक दम्पत्तीलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट ८ केजी गाँजा बरामद भएको जनाइएको छ । पक्राउ परेका दम्पतीको नाम खुलाइएको छैन ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प