२०८३ जेष्ठ २३ गते , शनिबार
घुससहित मालपोतका दुई कर्मचारी समातिए
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घुससहित मालपोतका दुईजना कर्मचारीलाई नियन्त्रणमा लिएको छ। आयोगले भूमिसुधार तथा मालपोत कार्यालय महोत्तरीका खरिदार मुन्नु कुमार दास र लेखापढी कानुन व्यवसायी जिवछ महतोलाई ३५ हजार घुससहित नियन्त्रणमा लिएको हो।
उनीहरूले जग्गाको ट्रायल चेकगरी नक्सा सुधार गर्न सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस /रिसवत माग गरिरहेको भन्ने सूचनाको आधारमा अख्तियार दुरूपयोग अनुन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिइ गएको टोलीले घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए। उनीहरूमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प