२०८३ जेष्ठ २३ गते , शनिबार
होलीमा अबाञ्छित कार्य गर्ने झापामा सात जना पक्राउ, ४२७ सवारीसाधन नियन्त्रणमा
होलीमा अबाञ्छित गतिविधि गर्ने झापामा सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाका विभिन्न स्थानमा अबाञ्छित गतिविधि गर्ने ७ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र खड्काले बताए ।
त्यस्तै प्रहरीले जथाभावी चलाउने ४२७ वटा सवारी साधन नियन्त्रणमा लिएको छ । ३७२ वटा मोटरसाइकल, ४० वटा तीन पाङ्ग्रे र १५ वटा चार पाङ्ग्रे सवारीसाधान नियन्त्रणमा लिएको उनले बताए । नियन्त्रणमा लिएका सवारी साधनलाई जरिवाना तिराएर छोडिने उनको भनाई छ ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प