२०८३ जेष्ठ २३ गते , शनिबार
होली खेल्न बोलाएर युवतीमाथि सामूहिक बलात्कार
उदयपुरमा होली खेल्न बोलाएर युवतीलाई सामूहिक बलात्कार गर्ने दुई युवक पक्राउ परेका छन् । बिहीबार साँझ ७ बजे १७ वर्षीया युवतीलाई उदयपुर रौतामाई गाउँपालिका-६ निगाले बस्ने २७ वर्षीय निलम भन्ने तिलकबहादुर अधिकारी र ३८ वर्षीय दीपक राउतले घरमा होली खेल्न बोलाइ धाक धम्कीसमेत दिएर जवर्जस्ती करणी गरेका थिए ।
पीडित युवतीले जाहेरी दिएपछि गएराति ९ः३० बजे प्रहरीले दुवैलाई पक्राउ गरेको हो । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय उदयपुर ल्याई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प