२०८३ जेष्ठ २३ गते , शनिबार
झापामा युवकमाथि फलामको पाइप प्रहार गर्ने दुईजना पक्राउ
झापामा फलामको पाइपले हानेर एक युवकलाई गम्भीर घाइते बनाउने दुईजना पक्राउ परेका छन् । गएराति अन्दाजी १०ः३० बजे कनकाई नगरपालिका ७ मन्सापुर बस्ने २० वर्षीय दीपक राई र सोही ठाउँ बस्ने २२ वर्षीय सुजन राजवंशीले कनकाई ६ बस्ने अन्दाजी १८ वर्षीय आयुष भुजेललाई फलामको पाइपले टाउकोमा प्रहार गरी गम्भीर घाइते बनाएका हुन् । घाइतेको बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।
घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी बिट दुर्गापुरबाट प्रहरी टोली खटिएर कुटपिट गर्ने राई र राजवंशीलाई फलामको पाइपसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प