२०८३ जेष्ठ २३ गते , शनिबार
धम्की दिएर चन्दा माग्ने बहुमतका कार्यकर्ता पक्राउ
पाँचथरमा धम्की दिएर चन्दा माग्ने नेकपा बहुमतका कार्यकर्ता पक्राउ परेका छन् । हिलिहाङ गाउँपालिकाका अध्यक्षलाई गाली गरेको र विभिन्न स्थानमा धाक धम्की दिँदै चन्दा मागेको आरोपमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले नेकपा (बहुमत) पाँचथर जिल्ला सेक्रेटरी डिल्लीराम कटुवाल (जञ्जिर) लाई पक्राउ गरेको हो । उनलाई नियन्त्रण लिई आवश्यक अनुसन्धान भइरहेको पाँचथर प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प