२०८२ बैशाख ८ गते , सोमबार

सशस्त्रद्वारा झापामा ठूलो मात्रामा गाँजा बरामद, दुई वटा ट्रकसहित दुई जना पक्राउ

sajilo news
झापा
२०८१ चैत्र ९ गते , शनिबार
सशस्त्रद्वारा झापामा ठूलो मात्रामा गाँजा बरामद, दुई वटा ट्रकसहित दुई जना पक्राउ

सशस्त्र प्रहरीले झापामा गाँजा लोड भएको दुई वटा ट्रकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । मेची राजमार्ग अन्तरगत बुद्धशान्ति गाउँपालिका–४ बाट सशस्त्र प्रहरीले १६३६ किलो गाँजासहित दुई वटा ट्रक नियन्त्रणमा लिएको हो ।

इलामबाट झापातर्फ आउँदै  गरेको को १ ख ५००१ र प्र १–०२–००२ ख ०५८४ नम्बरको मिनी ट्रकलाई विशेष सूचनाको आधारमा नम्बर १ बराह बाहिनी मुख्यालय र नम्बर २ गण झापा मातहत सुरक्षा वेश टिमाइबाट खटिएको संयुक्त सुरक्षा टोलीले चेक जाँच गर्दा ५७ वटा बोरामा राखेर ल्याउँदै गरेको गाँजा बरामद गरेको थियो । 

ट्रकसहित धनकुटा जिल्लाको शहीदभूमि नगरपालिका–४ बस्ने महेश राई र इलामको माइजोगाई गाउँपालिका–२ का ३७ वर्षीय गङ्गाबहादुर बस्नेत पक्राउ परेका छन् साथै उनीहरूको साथबाट नेपाली ८७ हजार ८ सय ८० रुपैयाँ र ५ थान मोबाइल सेट समेत बरामद भएको छ ।

 

सम्बन्धित समाचार