२०८३ जेष्ठ २३ गते , शनिबार
इलामको माउन्ट होस्टलमा विवाद, एसइई दिनेले ९ पढ्नेलाई कुटे
इलाम नगरपालिका-७ स्थित माउन्ट मेची बोर्डिङ स्कुलको होस्टेलमा विवाद भएको छ । गएराति ८ बजे माउन्ट मेची बोर्डिङ स्कुलको होस्टेलमा बसेर कक्षा ९ मा अध्ययनरत इलाम-९ गोलाखर्क बस्ने १७ वर्षीय सन्दीप बस्नेतलाई सोही होस्टेलमा बसेर एसइई दिइरहेका सन्दकपुर-३ मुढे बस्ने १७ वर्षीय सुगम राईले सामान्य विवाद हुँदा मुक्का प्रहार गरेका थिए ।
नाकमा चोट लागेर घाइते भएका सन्दिपलाई जिल्ला अस्पताल इलाममा सामान्य उपचारपश्चात् थप उपचारको लागि मनमोहन अस्पताल बिर्तामोड ल्याइएको छ । कुटपिटमा संलग्न सुगमको एसइई परीक्षा चलिरहेकाले परीक्षापश्चात् उपस्थित गराउने गरी सोही विद्यालयका शिक्षक होमबहादुर राईको जिम्मा बुझाइ पठाइएको इलाम प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प