२०८३ बैशाख ३ गते , विहीबार

भद्रपुरमा विश्व क्षयरोग दिवस मनाइयो

sajilo news
झापा
२०८१ चैत्र ११ गते , सोमबार
भद्रपुरमा विश्व क्षयरोग दिवस मनाइयो

भद्रपुर । भद्रपुरमा विश्व क्षयरोग दिवसको अवसरमा आज जनचेतनामूलक र्‍याली प्रदर्शन गरिएको छ । भद्रपुर-७ स्थित किरात कोलोनी मार्गमा रहेको रामप्रसाद लक्षेन्द्र टेक्निकल इन्स्टिच्युटमा अध्ययनरत विद्यार्थीहरूले जनचेतनामूलक र्‍याली प्रदर्शन गरेका हुन् ।

हामी क्षयरोग अन्त्य गर्न सक्छौँ। लगानीको प्रतिबद्धता र सेवा प्रवाहको सुनिश्चितता, आजको आवश्यकता’ भन्ने नारासहित विद्यार्थीहरूले विभिन्न प्लेकार्ड बोकेर इन्स्टिच्युटमा निकालिएको र्‍याली क्याम्पस मोड, सगरमाथा चोक हुँदै पुनः इन्स्टिच्युटमा पुगेर कोणसभा परिणत भएको इन्स्टिच्युटका अध्यक्ष डा. सञ्जय शाहले जानकारी दिए । क्षयरोगविरुद्ध जनचेतना जगाउने, सरल र सहज रूपमा उपचारको प्रबन्ध गर्ने र गराउने उद्देश्यले जनचेतनामूलक र्‍याली प्रदर्शन गरिएको उनले बताए ।

 

सम्बन्धित समाचार