मेची नदीबाट ब्राउन सुगर भित्र्याउन खोज्ने दुई भारतीय पक्राउ
भारतबाट ठूलो मात्रामा लागूऔषध ब्राउन सुगर भित्र्याउन खोज्ने दुई भारतीय पक्राउ परेका छन् । भारत पश्चिम बंगाल उत्तर दिनाजपुर जिल्ला दाकोला गिराम बस्ने ३२ वर्षीय सम्साद खान र सोही ठाउँ २७ वर्षीय साहेव अली ९३ ग्राम ६४० मिलिग्राम (प्लास्टिकसहित) ब्राउन सुगरसहित पक्राउ परेका हुन् । उनीहरूले पाइन्टभित्र लुकाई छिपाई सेतो प्लास्टिकमा ब्राउन सुगर ल्याएका थिए ।
गएराति ११ बजे मेचीनगर –६ स्थित मेची नदीबाट लुकीछिपी नेपालतर्फ पैदल आउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म काँकडभिट्टाबाट खटिएको टोली, सशस्त्र प्रहरी बल, नेपालद्वारा परिचालन गरिएको ल्याब्राडोर जोजो नामको शिकारी कुकुर र नेपाल प्रहरी लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकडभिट्टाबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई चेकजाँच गर्दा ब्राउन सुगर फेला परेको थियो । लागू औषधसहित उनीहरूलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा बुझाइएको छ ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प