२०८३ जेष्ठ २३ गते , शनिबार
बिर्तामोडको सहकारी पसलबाट चोरी गर्ने युवक समातिए
दिनदहाडै बिर्तामोड-४ स्थित विराट–अर्जुन उपभोक्ता सहकारी संस्थाको सहकारी पसलबाट चोरी गर्ने युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा शिवसताक्षी ७ झिलझिले बस्ने २४ वर्षीय विवेक मगर रहेका छन् । उनले गत चैत २ गते बिहान ९.५४ बजे सहकारी पसलबाट १३ हजार ८०० रुपैयाँ चोरी गरेका थिए ।
सहकारी पसलको सटर बन्द गरेर सञ्चालकहरूले बैठक गरिरहेको मौकामा मगरले चुकुल खोलेर चोरी गरेका थिए । चोरी गर्दै गरेको सिसिटिभी फुटेज भाइरल भएको थियो । त्यसकै आधारमा पहिचान गरी प्रहरीले मगरलाई पक्राउ गरेको हो
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प