यातायात कार्यालयबाट १२ बिचौलिया पक्राउ
मोरङमा यातायात कार्यालय विराटनगरबाट बिचौलिया काम गर्ने १२ जना पक्राउ परेका छन्। विराटनगर महानगरपालिका वडा नम्बर ४ स्थित यातायात कार्यालय विराटनगर अगाडि बिचौलियाको रूपमा काम गर्ने, सर्वसाधारण मानिसलाई प्रलोभनमा पारी दुःख दिने, हैरानी दिनेलाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका– ३ का ४१ वर्षीय सञ्जीव कोइराला, २४ वर्षीय राजेश खड्का, २५ वर्षीय गौरव कुमार माझी, ३७ वर्षीय राजु कोइराला, २२ वर्षीय राजीव मण्डल, महानगरपालिका–११ बस्ने २७ वर्षीय युवराज लम्साल छन्।
त्यस्तै, महानगरपालिका–५ बस्ने ३१ वर्षीय अनिल बस्नेत, सुनसरी बर्जु गाउँपालिका–६ बस्ने २७ वर्षीय प्रवीणकुमार थन्दार, मोरङ कटहरी गाउँपालिका–१ का ३७ वर्षीय भागवत राजवंशी, मोरङ बुढीगंगा गाउँपालिका–२ का ५० वर्षीय उदय कार्की र सोही गाउँपालिका वडा –१ का २१ वर्षीय सुनिल दाहाल र विराटनगर महानगरपालिका–३ का २९ वर्षीय अजयकुमार मण्डल पक्राउ परेका हुन्।
उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको इन्स्पेक्टर सरोज खनालको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प