२०८२ बैशाख ८ गते , सोमबार

इटहरीको सपिङ कम्प्लेक्समा भीषण आगलागी

sajilo news
सुनसरी
२०८१ चैत्र १३ गते , बुधबार
इटहरीको सपिङ कम्प्लेक्समा भीषण आगलागी

इटहरीको मुख्य चोकमा रहेको सपिङ कम्प्लेक्समा आगलागी भएको छ।  व्यवसायी राजेश श्रेष्ठले सञ्चालन गरेको व्यवसायीक भवनमा आगलागी भएको हो ।

उक्त भवनमा लक्ष्मी सनराइज बैंक,बरण्डा होटेल र दर्जनौं व्यवसाय सञ्चालनमा छन्। नौ तले भवनको चौथो र पाँचौ तलाबाट आगलागी सुरू भएको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी लक्ष्मी भण्डारीले बताए । 

उनले आगलागी नियन्त्रणमा लिन चारवटा दमकलबाट पानी हाल्ने काम भइरहेको बताए । उनले भवनबाट मानिसलाई उद्दार गरि आगो निभाउने प्रयास भइरहेको बताए।

सम्बन्धित समाचार