२०८२ बैशाख ८ गते , सोमबार

प्रहरीले गर्‍यो झापामा ३८ बोरा युरिया मल बरामद

sajilo news
झापा
२०८१ चैत्र १३ गते , बुधबार
प्रहरीले गर्‍यो झापामा ३८ बोरा युरिया मल बरामद

भारतबाट अवैधरुपमा ल्याउँदै गरेको ३८ बोरा भारतीय युरिया मल प्रहरीले नियन्त्रणमा लिएको छ । गएराति ९ बजे झापा गाउँपालिका-४ स्थित नयाँ टोलमा इलाका प्रहरी कार्यालय कुमरखोदको टोलीले भारतबाट अवैध रुपमा नेपालतर्फ लुकाई छिपाई बा. प्रदेश ०३–००१च १०३१ नम्बर को पिकअप भ्यानमा ल्याउँदै गरेको भारतीय युरिया मल नियन्त्रणमा लिएको हो ।

आवश्यक कारबाहीको लागि बरामद मल र सवारी साधन भद्रपुर भन्सार कार्यालय पठाइएको छ । चालक हालसम्म फरार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार