२०८३ जेष्ठ २३ गते , शनिबार
गुप्ताङ्गमा घोँचो घुसारेर श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ
उदयपुरमा परपुरुषसँग लागेको भन्दै गुप्ताङ्गमा घोँचो घुसारेर श्रीमतीको हत्या गरेको दर्दनाक घटना भएको छ । हिजो दिउँसो १:३० बजे उदयपुरगढी गाउँपालिकामा वडा नम्बर ५ मौवासीका ४५ वर्षीय रमेश राईले परपुरुषसँग लागेको आरोपमा विवाद हुँदा ३४ वर्षीया श्रीमती सुभद्रा राईको गुप्ताङ्गमा घोँचो घुसारेका थिए । गुप्ताङ्गमा घोँचो घुसारेलगत्तै सुभद्राको मृत्यु भएको थियो ।
त्यसरी क्रूर हत्या गर्ने रमेशलाई इलाका प्रहरी कार्यालय कटारीले नियन्त्रणमा लिएको छ । सडक मजदुरी गरी जीविकोपार्जन गर्दै आएका रमेशले आफू काममा गएर आउँदा श्रीमतीले परपुरुषसँग अनैतिक सम्बन्ध राखेको आरोप लगाएका थिए । राईका दुईजना श्रीमतीमध्ये मृतक सुभद्रा कान्छी श्रीमती रहेको बुझिएको छ ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प