२०८३ जेष्ठ २३ गते , शनिबार
बैङ्किङ कसूर मुद्दामा फरार झापाका पौडेल इलाममा पक्राउ
बैङ्किङ कसूर मुद्दाका फरार एक प्रतिवादी इलाममा पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा तोपगाछी गाविस ९ नागरिकता उल्लेखित वतन भई हाल इलाम चुलाचुली-४ का ३९ वर्षीय दुर्गाप्रसाद पौडेल रहेका छन् ।
उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय भरतपुर चितवनमा बैङ्किङ कसुर मुद्दा दर्ता भएको थियो । पौडेल फरार रहेको अवस्थामा प्रहरी चौकी पेल्टिमारीबाट खटिएको प्रहरी टोलीले साँझ ५ बजे चुलाचुली –४ बाट पक्राउ गरेको हो । उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय चितवन पठाइएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प