२०८३ जेष्ठ २३ गते , शनिबार
झापा कनकाईकी टिकादेवीले आफ्नै पेटमा आफैले रोपिन् खुकुरी
झापा कनकाई नगरपालिकाकी एक महिलाले आफ्नो पेटमा आफैले खुकुरी रोपेकी छन् । बुधबार साँझ ७.३० बजे कनकाई नगरपालिका वडा नं ७ दुर्गापुर बस्ने नारायण घतानीकी श्रीमती अन्दाजी ४० वर्षीया टिकादेवी लकान्द्रीले आफ्नो पेटमा आफैले खुकुरी रोपेकी हुन् । आफैलाई खुकुरी हान्नुपर्ने कारण खुलिसकेको छैन । घाइते अवस्थामा श्रीमानले देखेर बीएण्डसी अस्पताल बिर्तामोडमा ल्याई उपचार गराइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प