२०८३ जेष्ठ २३ गते , शनिबार
४ वर्षीया बालिका अपहरण गर्ने व्यक्ति पक्राउ
सुनसरीको कोशी गाउँपालिका-७ मुसहरी टोलका कुशेश्वर सदाको ४ वर्षीया छोरीको अपहरण गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले घटना घटेको २४ घण्टाभित्र बालिकाको सकुशल उद्दार समेत गरेको छ । पक्राउ पर्नेमा सप्तरी जिल्ला कन्चनरुप नगरपालिका १२ धरमपुरका जितुवा भन्ने जितेन्द्र साह (हलुवाई) रहेका छन ।
चैत २० गते दिउँसो पौने २ बजे सदाकी छोरी घर अगाडि खेल्ने क्रममा अपरिचित मानिसले सिटी सफारीमा चढाई अपहरण गरी लगेको भनी जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुनसरी र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको टोलीले खोज तलासको क्रममा चैत २१ गते कोशी ब्यारेजको २६ नम्बर ढोकाको पुल माथिबाट बालिकालाई सकुशल उद्दार गरी आफन्तलाई जिम्मा लगाएको छ भने अपहरणमा संलग्न साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प