२०८३ जेष्ठ २३ गते , शनिबार
विदेश पठाइदिन्छु भन्दै १६ लाख बढी रकम ठगी गर्ने भद्रपुरका गुड्डु पक्राउ
वैदेशिक रोजगारीमा पठाउँछु भन्दै लाखौँ ठगी गरेको आरोपमा झापा भद्रपुर नगरपालिका-४ का ३८ वर्षीय गुड्डु अहमद पक्राउ परेका छन् ।
आकर्षक तलबमा अजरबैजान पठाउँछु भन्दै युवायुवतीलाई ठगी गरेको आरोपमा अहमद बिहीबार पक्राउ परेको प्रहरीले जनाएको छ। उनले दुईजना व्यक्तिलाई अजरबैजान पठाउँछु भन्दै १६ लाख २९ हजार ५ सय रुपैयाँ ठगी गरेको जनाइएको छ। उनीविरुद्ध वैदेशिक रोजगार ठगी कसुरमा वैदेशिक रोजगार विभागमा उजुरी परेको थियो ।
अहमद विरुद्ध ३ लाख रुपैयाँ बिगो माग गरिएको छ भने जिल्ला प्रहरी परिसर भद्रकालीमा राखेर थप अनुसन्धान भइरहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प