रवि लामिछाने भैरहवा कारागार चलान
पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज जिल्ला कारगार भैरहवा पुर्याइएको छ। शुक्रबार काठमाडौंस्थित निवासबाटै पक्राउ गरिएका लामिछानेलाई आज भैरहवा कारगार पुर्याइएको हो।
शुक्रबार उनलाई हजाजमार्फत गौतमबुद्ध विमानस्थल अवतरण गराई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो। आज बिहान कार्यालय खुलेपछि सबै अदालती प्रक्रिया पुर्याएर कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डिएसपी सुरज कार्कीले जानकारी दिए।
लामिछाने अर्को आदेश नआउँदासम्म भैरहवा कारागारमै रहने उनले बताए। सोही सहकारी प्रकरणमा मुछिएका पूर्वडिआइजी छविलाल जोशी पनि भैरहवा कारागारमा रहेका छन्।
जिल्ला अदालत रूपन्देहीले धरौटीमा रिहा गर्ने आदेश जारी गरेपछि प्रतिवादी लामिछानेलाई धरौटी नभइ थुनामै राख्नुपर्ने माग गर्दै सरकारी वकिल कार्यालय फागुन २२ गते उच्च अदालत पुगेको थियो । फागुन २६ गते लामिछाने पनि जिल्ला अदालतको एक करोड धरौटीको आदेशको खारेजीको माग गर्दै उच्चमा निवेदन दिएका थिए ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प