२०८३ जेष्ठ २३ गते , शनिबार
१४ वर्षीय बालकले गरे ९ वर्षीया बालिकालाई बलात्कार
मोरङमा १४ वर्षीय बालकले ९ वर्षीया बालिकालाई बलात्कार गरेका छन् । मोरङको धनपालथान गाउँपालिका-४ हरकपुर बस्ने १४ वर्षीय बालकले सोही ठाउँ बस्ने ९ वर्षीया बालिकालाई बलात्कार गरेका हुन् । शनिवार दिउँसो १.३० बजे घरमा कोही नभएको मौका पारी पीडितको घरको दलानमा सुताई मुखथुनी ती बालकले जबरजस्ती करणी गरेका थिए ।
हिजो साँझ ५ बजे इलाका प्रहरी कार्यालय रंगेलीमा जानकारी प्राप्त हुनसाथ प्रहरी चौकी कर्सियाबाट टोली खटिएर ती बालकलाई नियन्त्रणमा लिएको छ । उनलाई अनुसन्धानको लागि इप्रका रंगेलीको बाल निगरानी कक्षमा राखिएको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प