झापामा एक महिलाको शव सडेगलेको अवस्थामा भेटियो
झापामा एक महिलाको शव सडेगलेको अवस्थामा भेटिएको छ । अर्जुनधारा नगरपालिका-१ स्थित हलुवागढ सामुदायिक वनभित्र इलाम जिल्ला रोङ गाउँपालिका-२ बर्फल्याङ निवासी ६२ वर्षीया सीतादेवी खड्काको शव सडेगलेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार सोमबार दिउँसो १२ बजेतिर घाँस काट्न गएका स्थानीयले हलुवागढ सामुदायिक वनभित्र आँपखोल्सी भन्ने स्थानमा कपाल र हाडखोर मात्र भएको महिलाको शव देखेपछि प्रहरी चौकी शनिश्चरेलाई खबर गरेका थिए । त्यसपछि घटनास्थल पुगेर प्रहरीले अनुसन्धान गर्दा महिलाको पहिचान खुलेको थियो ।
मानसिक अवस्था ठिक नभएकी ती वृद्धा महिला गत माघ २८ गतेदेखि घरबाट हराएकी थिइन् । यसअघि पनि उनी तीन–चार पटक हराएकी थिइन् । ती वृद्धा हराएको भनेर परिवारले प्रहरीमा निवेदन दिएका थिए । कपडाको आधारमा पहिचान गरी मृतकका छोरीले शव बुझेर लगेको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प