दुर्गा प्रसाईंले भने : यो तस्कर विरुद्धको लडाइँ हो
झापा । राजावादी आन्दोलनका नाइके दुर्गा प्रसाईँले तस्करविरुद्धको लडाइ जारी राखेको बताएका छन्। शुक्रबार बिहान ११ बजेर १५ मिनेटमा बुद्ध एयरको जहाजबाट काठमाडौँ लैजाने क्रममा भद्रपुर विमानस्थलमा प्रहरीको गाडीबाट ओर्लिन बित्तिकै प्रसाईँले पत्रकारहरूलाई देखेर यस्तो बताएका हुन् ।
पत्रकारहरूलाई देखेपछि उनले भने, 'म आत्तिएको छैन, यो तस्कर विरुद्धको लडाइँ लडेको हो ।' अर्को कुरा मैले आफैँ पक्राउ दिएको है फेरि।’ प्रसाईँले पत्रकार अगाडि कुरा राख्न खोज्दाखोज्दै पनि प्रहरीले उनलाई धकेलेर भिआइपी कक्षसम्म पुर्याएर ढोका लगाइदिएका थिए । नेपाल प्रहरीको विशेष ब्यूरो टोलीले भारतको आसाम राज्यस्थित वास्का जिल्लाबाट हिजो पक्राउ गरेका प्रसाईँलाई आज बिहान झापाको काँकडभिट्टा नाकाबाट नेपाल ल्याइएको थियो ।
प्रसाईँलाई काँकडभिट्टा नाकाबाट नेपाल ल्याउने भएपछि बिहानैदेखि सीमा नाकामा प्रसाईँ परिवारका सदस्य र केही समर्थकहरू कुरेर बसिरहेका छन् । सुरक्षाकर्मी पनि तैनाथ अवस्था थिए । गत चैत १५ गते प्रदर्शनका नाममा तीनकुनेमा हिंसा भड्काएर प्रसाईँ फरार भएका थिए।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प