२०८२ पौष २९ गते , मंगलबार

रिहा भए राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसहित ७ नेता

sajilo news
झापा
२०८२ बैशाख ७ गते , आईतबार
रिहा भए राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसहित ७ नेता

सिंहदरबारमा प्रदर्शन गर्ने क्रममा पक्राउ परेका राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसहित सांसद र नेता गरी ७ जनालाई प्रहरीले छाडेको छ। निषेधित क्षेत्रमा प्रदर्शन गरेका कारण पक्राउ परेका राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहित सांसद र नेता गरी ७ जना रिहा भएका हुन्।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार आज (आइतवार) दिउँसो पक्राउ परेका राप्रपाका अध्यक्ष लिङ्देन र सांसदलगायत ७ जनालाई रिहा गरिएको छ।

सिंहदरबारभित्रैबाट अध्यक्ष लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ, सांसद ज्ञानेन्द्र शाही र युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाललाई प्रहरीले पक्राउ गरेको थियो भने बानेश्वर क्षेत्रबाट ३ जना पक्राउ परेका थिए।

सम्बन्धित समाचार