२०८२ माघ ५ गते , सोमबार
शिक्षकहरू २१ दिनदेखि सडकमा, यता शिक्षा मन्त्रीले दिइन् राजीनामा
शिक्षकहरूले आन्दोलन चर्काउँदै लगेपछि शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । मन्त्री भट्टराईले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा दिएकी हुन् ।
शिक्षकहरूले लगातार आन्दोलन जारी राखेपछि शिक्षामन्त्री भट्टराईले प्रधानमन्त्री ओलीसमक्ष राजीनामा बुझाएकी छन् । शिक्षकहरू २१ दिनदेखि सडक आन्दोलनमा गरिरहेका छन्। उनीहरुको माग सम्बोधन गर्न सकस भइरहेका बेला उनको राजीनामालाई अर्थपूर्णरुपमा हेरिएको छ।