२०८३ बैशाख ३ गते , विहीबार
आज विश्व औलो दिवस
विश्व औलो दिवस। यो अवसरमा विश्व स्वास्थ्य सङ्गठनले औलो उन्मूलनका निम्ति नीतिगत व्यवस्थाका साथ अझ सशक्त ढङ्गले अघि बढ्न विश्वका सबै देशका सरकार तथा सम्बद्ध निकाय आह्वान गरेको छ । संगठनका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले दृढ राजनीतिक प्रतिबद्धता, दिगो लगानी, बहुक्षेत्रीय कार्य र समुदायको संलग्नताबाट औलो उन्मूलन गर्न सकिने बताएका छन्।
अन्तरराष्ट्रिय प्रतिनिधि दिवस पनि शुक्रबार नै मनाइन्छ। दोस्रो विश्वयुद्धपछि आजकै दिन अर्थात् २५ एप्रिल १९४५ मा विश्वमा शान्ति पुनःस्थापित गर्ने र युद्धपछिको विश्व व्यवस्थालाई विधिको शासनअनुरूप अघि बढाउने उद्देश्यका साथ सान फ्रान्सिस्को सम्मेलनको प्रथम वार्षिकोत्सवका रूपमा यो दिवस मनाइन्छ। यसलाई अन्तर्राष्ट्रिय संगठनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन पनि भनिन्छ।