२०८२ माघ ५ गते , सोमबार

शिक्षक र प्रहरीबीचको झडप, दर्जन भन्दा बढी शिक्षक घाइते

sajilo news
झापा
२०८२ बैशाख १४ गते , आईतबार
शिक्षक र प्रहरीबीचको झडप, दर्जन भन्दा बढी शिक्षक घाइते

बानेश्वर क्षेत्रमा निषेधित क्षेत्र तोड्ने प्रयास र ढुंगा प्रहार गरेपछि एक जना शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।   विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै जारी आन्दोलनमा आज शिक्षकहरुले निषेधित क्षेत्र तोड्नुका साथै प्रहरीमाथि ढुंगा प्रहार गरेपछि एक जनालाई नियन्त्रणमा लिएको हो ।  

निषेधित क्षेत्र तोड्ने प्रयास गर्दै शिक्षकले ढुंगा प्रहार गरेपछि प्रहरीले पानीको फोहोरा हानेको थियो । त्यसक्रममा करिब १५ जना शिक्षकहरू घाइते भएको प्रहरीले जनाएको छ । 

उनीहरू निषेधित क्षेत्र तोड्दै संसद् भवन प्रवेश गर्ने तयारी गरेपछि प्रहरीले रोकेको हो। शनिबार सरकारसँग भएको वार्ता निष्कर्षबिहीन भएपछि नेपाल शिक्षक महासंघले आन्दोलनलाई निरन्तरता दिएको छ । 

सम्बन्धित समाचार