२०८२ माघ ५ गते , सोमबार
शिक्षक आन्दोलन : विद्यालय सञ्चालनको वातावरण बनाउन भद्रपुर नगरपालिकाको आग्रह
शिक्षकको आन्दोलनका कारण ठप्प रहेको सरकारी विद्यालयको पठनपाठन सहज बनाउन भद्रपुर नगरपालिकाले चासो राखेको छ ।नगर प्रमुख गणेश पोखरेल तथा उपप्रमुख राधा कार्कीद्वारा जारी गरिएको विज्ञप्तिमार्फत भण्डै एक महिनायता आन्दोलनरत शिक्षकका जायज माग सम्बोधन गरी विद्यालय सञ्चालनको वातावरण बनाउन संघीय सरकार तथा आन्दोलनरत शिक्षकसित माग समेत गरिएको छ ।
दुई बुँदे प्रेस विज्ञप्ति भनिएको छ—“वर्तमान संविधान अनुसार नयाँ व्यवस्था अनुकूल संघीय शिक्षा ऐन यथाशीघ्र जारी हुने वातावरण निर्माणमा संघीय सरकार जिम्मेवार बन्नु पर्छ ।
यस्तै एक महिनायता विद्यालय बन्द हुँदा विद्यार्थी र अभिभावको मनोविज्ञानमा नकारात्मक असर परेका कारण शिक्षकलाई यथाशीघ्र विद्यालय सञ्चालन गर्न जिम्मेवार हुन आग्रह गरिएको छ ।”