२०८२ माघ ५ गते , सोमबार

शिक्षक आन्दोलन फिर्ता, शुक्रबारदेखि विद्यालय खुल्ने

sajilo news
झापा
२०८२ बैशाख १७ गते , बुधबार
शिक्षक आन्दोलन फिर्ता, शुक्रबारदेखि विद्यालय खुल्ने

आन्दोलन शिक्षकले काठमाडौं केन्द्रित आन्दोलन फिर्ता लिएका छन्। विद्यालय शिक्षा विधेयक असार १५ गतेभित्र जारी गर्ने प्रतिवद्धतासहित शिक्षकहरूले आन्दोलन स्थगित गरेका हुन्।

यससँगै ठप्प रहेको स्कुल भोलिदेखि खुल्ने भएका छन्। भोलि मजदुर दिवसको सार्वजनिक बिदा भएकोले शुक्रबारदेखि स्कुल खुल्नेछ ।

'नेपाल सरकार मन्त्रिपरिषदबाट निर्णय गरी सम्बोधन हुने केही मागहरुसमेत निर्णय भई आएकाले आजकै मितिबाट लागू हुने गरी आम शैक्षिक हड्ताल तथा सडक प्रदर्शनका सबै कार्यक्रम स्थगित गरेका छौं। आजकै मितिबाट विद्यालय भर्ना, नियमित कक्षा सञ्चालन, परीक्षा सम्बन्धी सबै काम गर्न गराउनु हुन सबैमा अनुरोध छ,' विज्ञप्तिमा भनिएको छ।

तोकिएको समयमा ऐन जारी नभएमा नेपाल शिक्षक महासंघ फेरि अहिले भन्दा कडा सडक आन्दोलनमा जान बध्य हुने सहमति पत्रमा उल्लेख छ।

सम्बन्धित समाचार