२०८२ कार्तिक ३० गते , आईतबार

झापामा ९ महिनामा १७ हजार २३४ पिन्ट रगत वितरण

sajilo news
झापा
२०८२ बैशाख १७ गते , बुधबार
झापामा ९ महिनामा १७ हजार २३४ पिन्ट रगत वितरण

नेत्र विक्रम बिमली । नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवा झापामा चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा १६,३२५ पिन्ट रगत सङ्कलन भएको छ । 

भद्रपुर बिर्तामोड र दमकमा सञ्चालित रक्तसञ्चार केन्द्र मार्फत सोही अवधिमा १७,२३४ पिन्ट रगत बिरामीलाई वितरण समेत गरिएको रक्तसञ्चार सेवा केन्द्र झापा शाखाले जनाएको छ। नेपाल सोसाइटी जिल्ला शाखा झापाकोले रेडक्रस भवन भद्रपुर बिर्तामोड रेडक्रस भवन र बीएण्डसी मेडिकल कलेजमा गरी तीन ठाउँमा रक्तसञ्चार सेवा सञ्चालन गर्दै आएको छ भने नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाले उपशाखा भवन , लाइफ लाइफलाइन अस्पताल र आम्दा अस्पतालमा समेत रक्तसञ्चार सेवा सञ्चालन गर्दै आएको छ। 

रक्त सञ्चार सेवा केन्द्र झापा मार्फत गत साउनदेखि चैत मसान्तसम्ममा १०,२९६ पिन्ट रगत सङ्कलन गरेको छ भने सोही अवधिमा ११४९० पिन्ट रगत वितरण गरेको जिल्ला शाखा झापाका प्रमुख हरिशरण खड्काले जानकारी दिएका छन्। त्यसैगरी नेपाली सोसाइटी उपशाखा दमकमा सञ्चालित रक्त सञ्चार केन्द्र मार्फत सोही अवधिमा ६०२९ पिन्ट रगत सङ्कलन गरेको छ भने ५७७४ पिन्ट रगत बिरामीको लागि वितरण गरिएको रक्तसञ्चार दमक इन्चार्ज ओमा श्रेष्ठले जानकारी दिएकी छन्। 

 रक्त संसार सेवा केन्द्र झापाले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०८०/० ८१ मा १८१६८ पिन्ट रगत सङ्कलन गरिएको थियो भने १९ हजार ८४२ पिन्ट रगत बिरामीको लागि वितरण गरिएको थियो। सोही अवधिमा जिल्ला शाखा झापा बाट सञ्चालित रक्त सञ्चार केन्द्र मार्फत १३,५१० पिन्ट र सङ्कलन हुँदा १५,५७६ पिन्ट रगत वितरण गरिएको थियो भने दमक रक्तसञ्चार सेवा मार्फत ८०८१ मा ४,६५८ पिन्ट रगत संकलन हुँदा ४२६६ पिन्ट रगत वितरण गरिएको थियो।

नेपाल रेलको सोसाइटी जिल्ला शाखा झापाले २०३९ सालदेखि रक्तसञ्चार सेवा केन्द्र सञ्चालन गर्दै आएको छ भने दमक उपशाखा मार्फत २०५३ सालदेखि रक्त सेवा केन्द्र सञ्चालन गरिँदै आएको छ। झापामा सञ्चालित ६ वटा रक्तसञ्चार सेवा केन्द्र मा २६ जना प्राविधिकहरूले काम गर्दै आएका छन्।

सम्बन्धित समाचार