नेहा कक्कड कन्सर्टमा ३ घण्टा ढिला पुगेपछि...
मेलवर्न । बलिउडकी गायिका नेहा कक्कड यति बेला विवादमा छिन् । नेहा कक्कडले अस्ट्रेलियाको एउटा कन्सर्टमा आयोजकलाई निर्धारित समयमा नपुगेर धोका दिएपछि उनी विवादमा परेकी हुन् ।
कन्सर्टमा ढिलो आइपुगेकोमा यी गायिकालाई आयोजक पक्षले हप्काउँदै स्पष्टीकरण समेत मागेको छ । कार्यक्रमको घाटाको क्षतिपूर्ति पनि नेहाले दिनुपर्ने माग समेत आयोजकले गरेको छ । तर उनी क्षतिपूर्ति नदिने भन्दै सुटुक्क भारत फर्केकी छिन् ।
त्यहाँका आयोजक पक्षका अनुसार गायिका नेहा कक्कड आफ्नो मेलबर्न कन्सर्टमा प्रस्तुति दिनको लागि ३ घण्टा ढिलो पुगिन् । उनी यती ढिला पुगेपछि कार्यक्रममा आयोजक मात्र हैन, कार्यक्रममा उपस्थित दर्शकहरू समेत आक्रोशित भए । जब नेहा स्टेजमा पुगिन्, दर्शकहरूले उनलाई आफ्नो प्रस्तुति नै नदिई स्टेजबाट बाहिर निस्कनु भन्दै हुटिङ समेत गरे ।
दर्शकको हुटिङका कारण आफ्नो बेइज्जत भए पछि नेहा कक्कड स्टेजमा रुन पछि परिनन् । त्यसपछि उनले स्टेज छाड्न् ि। उनी स्टेजमा रोएको भिडियो यति बेला सामाजिक सञ्जालमा भाइरल भएको छ । उनी रोएको भिडियो आएपछि एकथरीले उनको समर्थन जनाएका छन् । अर्का थरीले बेइज्जत भएपछि रोएर नाटक गरेको प्रतिक्रिया दिएका छन् । दर्शकलाई धोका दिएर गोहीको आँशु बगाएको प्रतिक्रिया एकथरी दर्शकको छ ।
अस्ट्रेलियाली कार्यक्रम आयोजकहरू पेस डी र विक्रम सिंह रन्धावाले नेहा कक्कडबाट आफूहरूलाई धेरै नै धोका भएको बताएका छन् । नेहा कार्यक्रममा बोलाएको समय भन्दा ३ घण्टा ढिला पुगेको उनीहरुले बताएका छन् ।
सो कन्सर्ट’bout विक्रम सिंह रन्धावाले भने,‘तीन घण्टा लामो समयदेखि कन्सर्टको लागि दर्शकको भिड तयार थियो । उनीहरू नेहा कक्कडलाई चाँडो बोलाऊ भनेर साँझ ७ बजे देखि हुटिङ गरिरहेका थिए, तर गायिका नेहा राति १० बजे मात्र कार्यक्रम स्थलमा पुगिन्’, यसरी उनी लगभग तीन घण्टा ढिलो आएपछि त्यहाँ दर्शकको आक्रोश अत्यधिक बढेर उनलाई दर्शकले नै स्टेज छाडेर जानु भन्दै हुटिङ गरेको पनि रन्धावाले बताए ।
उनको भनाइमा त्यहाँ उपस्थित दर्शकहरू नेहाप्रति धेरै नै आक्रोशित भएका थिए । विक्रम सिंह रन्धावाले थपे,‘भारतमा जस्तो अस्ट्रेलियामा दर्शकहरूसँग त्यति धेरै फुर्सदको समय हुँदैन। त्यहाँ दर्शकले कार्यक्रममा निश्चित समय निकालेर आउने हुँदा तीन घण्टाको कन्सर्टको लागि उनीहरूले पर्खाइमै तीन घण्टाको समय बिताएपछि आक्रोशित हुनु स्वाभाविकै हो ।’