२०८३ बैशाख ३ गते , विहीबार

कार दुर्घटनामा गम्भीर घाइते भए पवनदीप राजन

sajilo news
एजेन्सी
२०८२ बैशाख २३ गते , मंगलबार
कार दुर्घटनामा गम्भीर घाइते भए पवनदीप राजन

इन्डियन आइडल सिजन १२ का विजेता एवं चर्चित गायक पवनदीप राजन कार दुर्घटनामा परेका छन्।  सोमबार उत्तर प्रदेशको अमरोहामा दुर्घटनामा परेका उनी गम्भीर घाइते भएका छन्। कारमा सवार उनीसँगै दुई जना पनि घाइते छन्। उनी सवार कार पूर्ण रुपमा ध्वस्त भएको छ। घाइतेहरूको अवस्था गम्भीर भएकाले उनीहरूलाई तत्काल दिल्ली रेफर गरिएको छ।

पवनदीप आफ्ना दुई साथीहरूसँग उत्तराखण्डबाट दिल्लीतर्फ गइरहेको आवस्थामा सवार एमजी हेक्टर कार अचानक अनियन्त्रित भई सडकको छेउमा उभिएको केन्टर गाडीमा ठोक्किएको थियो।

पवनदीप राजन उत्तराखण्डको चम्पावतका हुन्। सन् २०१५ मा ‘द भ्वाइस इन्डिया’ जितेपछि उनको साँगीतिक यात्रा सुरु भएको थियो। त्यसपछि उनले ‘इन्डियन आइडल सिजन १२’ को उपाधि जिते।

सम्बन्धित समाचार