२०८२ फाल्गुन ४ गते , सोमबार

एकीकृत समाजवादी झापाको अध्यक्षमा भट्टराई

sajilo news
झापा
२०८२ बैशाख २८ गते , आईतबार
एकीकृत समाजवादी झापाको अध्यक्षमा भट्टराई

बिर्तामोड । नेकपा (एकीकृत समाजवादी) पार्टीको झापाको जिल्ला अध्यक्षमा बिपी भट्टराईलाई घोषणा गरिएको छ । आज सम्पन्न बन्द शत्रबाट भट्टराईलाई अध्यक्षमा सर्वसम्मत गरिएको अध्यक्ष मण्डलका अध्यक्ष अशेष घिमिरेले जानकारी दिए ।

झापा जिल्ला कमिटीको उपाध्यक्षमा नवीन इजम, सरस्वती लिम्बु, सचिवमा सानुकुमार लामा, उपसचिवमा होम बराल, श्री मिश्र,उदय बराइलीलाई घोषणा गरिएको हो । ६१ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत गरिएको घिमिरेले जानकारी दिए ।

अध्यक्ष पदमा बिपी भट्टराई, केन्द्रीय सदस्य नीलमणि बराल र चन्द्रा श्रेष्ठको चर्चा थियो । केन्द्रीय नेतृत्वले नीलमणि बराललाई अगाडि सारे पनि भट्टराईलाई घोषणा गरिएको असन्तुष्ट प्रतिनिधिहरूले गुनासो गरेका छन् । घोषणा गर्ने नाममा ७५ प्रतिशत प्रतिनिधिहरूको आवाज नसुनेपछि हलबाट बाहिरिएका थिए । अध्यक्ष मण्डलका अध्यक्ष घिमिरेले युवाको नेतृत्व सर्वसम्मत भएको बताएका छन् ।

सम्बन्धित समाचार