२०८२ माघ ५ गते , सोमबार

रोङ गाउँपालिकाको शुद्ध बेसार बजारमा

sajilo news
इलाम
२०८२ बैशाख २८ गते , आईतबार
रोङ गाउँपालिकाको शुद्ध बेसार बजारमा

इलामको रोङ गाउँपालिकाले प्रवर्द्धन गरेपछि कृषि उत्पादनहरू प्रशोधन भई बजारमा आउन थालेको छ ।यसै क्रममा रोङ ३ मा सञ्चालित इको चिया उत्पादक सहकारी संस्थाले उत्पादन गरेको बेसार बजारमा आएको छ । सहकारीले यसबर्ष ८०० केजी प्रशोधित बेसार बजारमा ल्याइएको संस्थाका उपाध्यक्ष लीलादेवी खवासले बताइन् । 
१ केजी, आधा केजी र २५० ग्रामको प्याकेटमा रोङ बेसार बजारमा उपलब्ध हुने छ । धोएर बोक्रा तासेर धुलो बनार्ईएको बेसार शुद्ध र सफा रहेको बताइएको छ । बेसार खरिद गर्न चाहनेले रोङ गाउँपालिका ३ कोल्बुङ स्थित संस्थाको कार्यालयमा सम्पर्क गर्न सकिने संस्थाका अध्यक्ष रनबहादुर गुरुङले बताए ।

कपुरकोट १ जातको बेसार रोङमा राम्रो उत्पादन हुने गर्दछ । सहकारी एकीकरण भएपछि चिया संगसगै बेसार कफी र अलैँचीका किसानहरूको लागि सहकारीले कार्यक्रम गर्दै आएको गाउँपालिका उपाध्यक्ष खवासले बताइन् ।

रोङमा यस अघिबाट नै सहकारी मार्फत गुन्द्रुक उत्पादन हुँदै आएको छ । देवनछाप साना किसान सहकारी संस्थाले उत्पादन गरेको गुन्दुकलाई उपभोक्ताले रुचाएका छन् । माग अनुसार उत्पादन गर्न नसक्दा बजारको समस्या नभएको साना किसान सहकारीको पूर्व अध्यक्ष बमबहादुर राईले बताए । रोङमा चिया सिस्नो करेला तथा महलाई समेत पालिकाले प्रवर्द्धन गरेपछि उत्पादनमा किसानहरूलाई प्रोत्साहन मिलेको छ ।

सम्बन्धित समाचार