२०८२ माघ ५ गते , सोमबार

हावाहुरीले झापाको केराखेतीमा ५१ लाखको क्षति

sajilo news
झापा
२०८२ बैशाख २९ गते , सोमबार
हावाहुरीले झापाको केराखेतीमा ५१ लाखको क्षति

हिजो साँझ आएको हावाहुरीले झापाको बाह्रदशीमा लगाइएको केराखेतीमा ठूलो क्षति पुगेको छ । साँझ ५.३० बजेतिर आएको हावाहुरीले बाह्रदशी गाउँपालिका-७ बत्तीसबिघेमा स्थानीय १५ घरधुरीले अन्दाजी ३० बिघा जग्गामा लगाएको केराको बोटहरू ढाली क्षति पुर्‍याएको हो । जसबाट अन्दाजी ५१ लाख बराबरको क्षति भएको छ ।

आज बिहान पीडितहरूले इलाका प्रहरी कार्यालय घैलाडुब्बामा जानकारी गराउनसाथ प्रहरी टोली खटिएर स्थलगत रुपमा अवलोकन गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार