स्कुलमा धाराको पानी पिउँदा झापा बाह्रदशीका १७ जना विद्यार्थी बिरामी
झापाको बाह्रदशी गाउँपालिका-६स्थित मिनी माउन्टेन ईङलिस सेकेण्डरी बोर्डिङ स्कुलका विद्यार्थीहरुले धाराको पानी पिउँदा सिकिस्त भएका छन् । आज दिउँसो २ बजे स्कुलमा अध्ययनरत १७ जना विद्यार्थीले सोही विद्यालयको खानेपानीको धाराबाट पानी पिउँदा पेट दुखेर सिकिस्त भएका छन् । बिरामी विद्यार्थीहरूलाई विद्यालयका शिक्षकहरूले उपचारको लागि बिर्ता सिटी अस्पताल बिर्तामोडमा ल्याई उपचार गराइरहेको प्रहरीले जनाएको छ ।
बिरामी हुने विद्यार्थीहरू निम्न छन् ः–
१) झापा बाह्रदशी गाउँपालिका ६ बस्ने राजु किस्कुकी छोरी वर्ष ११ की सुमित्रा किस्कु ।
२) ऐ.ऐ बस्ने राहुल बि.क की छोरी वर्ष १० की रेवन बि.क ।
३) ऐ.ऐ बस्ने ओमनाथ अधिकारीकी छोरी वर्ष ९ की प्रनिसा अधिकारी ।
४) ऐ.ऐ बस्ने उर्मिला बर्देवाकी छोरी वर्ष ९ की खुस्बु बर्देवा ।
५) ऐ.ऐ बस्ने राजेन्द्र सुन्दासकी छोरी वर्ष १० की सुप्रिया सुन्दास ।
६) ऐ.ऐ बस्ने राजकुमार शर्माकी छोरी वर्ष १० की सेन्जे हाङमा शर्मा ।
७) ऐ.ऐ बस्ने नरेश गजुरेलकी छोरी वर्ष १० की मनिता गजुरेल ।
८) ऐ.ऐ बस्ने गोविन्द रिजालकी छोरी वर्ष ११ की बिना रिजाल ।
९) ऐ.ऐ बस्ने वेणु ढकालका छोरा वर्ष ११ का आदित्य ढकाल ।
१०) ऐ.ऐ बस्ने मनकुमार राईकी छोरी वर्ष ११ की अरबिदा राई ।
११) ऐ.ऐ बस्ने रेखा कार्कीका छोरा वर्ष ११का सुशान्त कार्की ।
१२) ऐ.ऐ ५ बस्ने हरि कार्कीकी छोरी वर्ष ११ की प्रनिशा कार्की ।
१३) ऐ.ऐ बस्ने नरेश मावोकी छोरी वर्ष १० की सृष्टि मावो ।
१४) ऐ.ऐ बस्ने पप्पु साहकी छोरी वर्ष ११ की ग्रीष्मा साह ।
१५) ऐ.ऐ बस्ने विकास तामाङकी छोरी वर्ष ८ की अनुसा भुजेल ।
१६) ऐ.ऐ बस्ने पदम भुजेलकी छोरी वर्ष ९ की ईसिका भुजेल ।
१७) ऐ.ऐ बस्ने डम्बर लिम्बुकी छोरी वर्ष ९ की वर्षा लिम्बु ।