२०८३ बैशाख ३ गते , विहीबार

आम्दा अस्पतालले 'ओ' पोजिटिभ भएका बिरामीलाई 'ए' पोजिटिभ रगत चढाएपछि...

sajilo news
झापा
२०८२ जेष्ठ ८ गते , विहीबार
आम्दा अस्पतालले 'ओ' पोजिटिभ भएका बिरामीलाई 'ए' पोजिटिभ रगत चढाएपछि...

आम्दा अस्पताल दमकमा चढाउनु पर्ने ब्लड नचढाई बिरामीलाई अर्कै ग्रुपको ब्लड चढाएपछि विवाद भएको छ । दमक नगरपालिका-२ बस्ने मगुन राईकी श्रीमती ३१ वर्षीया हेमकला राईको शरीरमा ओ पोजिटिभ ब्लड कम भई खरखरे आम्दा अस्पताल दमकमा ल्याई ब्लड चढाएकोमा डाक्टरले ए पोजिटिभ ब्लड चढाएका हुन् ।

हिजो साँझ ५ बजे बिरामीलाई रगत चढाउँदै गर्दा ओ पोजिटिभ ब्लड नभएको थाहा भएपछि विवाद भएको हो । बिरामीका आफन्तहरू आई डाक्टरले लापरबाही गरेको भन्दै कारबाहीको माग गरेका छन् । बिरामीलाई केही भए जिम्मेवारी लिनुपर्ने भन्दै अस्पताल प्रशासनलाई चेतावनी दिएका छन् ।

बिरामीको अवस्था बोल्न सक्ने सामान्य रहेको छ । विवाद भएपछि इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी निरीक्षक बिपन विश्वकर्माको कमान्डमा प्रहरी टोली खटिएर साम्य बनाएको थियो ।

सम्बन्धित समाचार