२०८३ बैशाख ३ गते , विहीबार

मिस वर्ल्डमा ‘वेश्या’लाई जस्तो व्यवहार गरियो : मिस इङ्गल्याण्ड

sajilo news
एजेन्सी
२०८२ जेष्ठ १२ गते , सोमबार
मिस वर्ल्डमा ‘वेश्या’लाई जस्तो व्यवहार गरियो : मिस इङ्गल्याण्ड

मिस इङ्गल्याण्ड २०२४ मिगी मिलीले मिस वर्ल्ड प्रतियोगिता बहिस्कार गरेकी छिन् । २४ वर्षीया मिगीले व्यक्तिगत र नैतिक कारण देखाउँदै प्रतियोगिता छाडेको बताइन । उनले तेलङ्गानामा बसोबासका क्रममा दुर्व्यवहार र हैरानी भोग्नुपरेको आरोप लगाइन् । 

मिगीले बेलायती पत्रिका द सन सँगको अन्तर्वार्तामा आफूलाई जबरजस्ती मेकअप गराइएको, दिनभर बल गाउन लगाइ राखिएको र स्पोन्सरहरूसँग घुलमिल हुन दबाब दिइएको बताइन् । उनले प्रतियोगिता नै अमानवीय भएको भन्दै आफूलाई ‘मदारीको बाँदर’जस्तो व्यवहार गरिएको र ‘वेश्या’झैँ महसुस गराइएको गुनासो गरिन् ।

यस घटनापछि तेलङ्गानाका नेता केटी रामारावले अनुसन्धानको माग गर्दै उक्त व्यवहारको निन्दा गरे। मिस वर्ल्ड संगठनकी जुलिया मोर्लेले भने मिगीले आमाको स्वास्थ्य खराब भएपछि प्रतियोगिता छोडेको बताए । संगठनले बेलायती मिडियामा आएका आरोपहरू गलत र अपमानजनक रहेको दाबी गरेको छ। मिगीको स्थानमा अब रनरअप चार्लेट ग्रान्टले मिस इङ्गल्याण्डको प्रतिनिधित्व गर्दै थिए ।
 

सम्बन्धित समाचार