२०८३ बैशाख २६ गते , शनिबार

मुम्बईलाई ७ विकेटले हराउँदै पञ्जाबले पहिलो क्वालिफायर खेल्ने

sajilo news
एजेन्सी
२०८२ जेष्ठ १३ गते , मंगलबार
मुम्बईलाई ७ विकेटले हराउँदै पञ्जाबले पहिलो क्वालिफायर खेल्ने

इन्डियन प्रिमियर लिगमा मुम्बई इन्डियन्सलाई ७ विकेटले हराउँदै पन्जाब किङ्सले पहिलो क्वालिफायरमा स्थान बनाएको छ। सोमबार लिग चरणको अन्तिम खेलमा मुम्बईलाई हराउँदै पञ्जाबले शीर्ष दुई भित्र आफ्नो स्थान पक्का गरेको हो। सवाइमान सिंह स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले १८४ रन बनाएको थियो।

मुम्बईले दिएको १८५ रनको विजय लक्ष्य पछाएको पन्जाबले १८.३ ओभरमा ३ विकेट गुमाउँदै १८७ रन सहित लक्ष्य पूरा गरेको हो। पन्जाबका लागि जोश इङ्लिसले सर्वाधिक ७३ रनको पारी खेले। उनले ४२ बलमा चारचौका र तीन छक्का प्रहार गरे। ओपनरद्वय प्रियांस अर्या र प्रभसिम्रन सिंहले क्रमश: ६२ र १३ रन बनाए। कप्तान श्रेयस अयर २६ र निहाल बडेरा २ रनमा अविजित रहे। 

मुम्बईका लागि बलिङतर्फ मिचेल शान्तरले २ र जसप्रीत बुमराहले १ विकेट लिए। पहिलो इनिङमा ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८४ रन बनाएको थियो। मुम्बईका लागि सूर्यकुमार यादवले सर्वाधिक ५७ रनको पारी खेले। उनले ३९ बलमा ६ चौका र २ छक्का प्रहार गरे। ओपनिङमा आएका र्यान रिकेल्टन र रोहित शर्माले क्रमश: २७ र २४ रन बनाए।विल ज्याक्सले १७, कप्तान हार्दिक पाण्ड्याले २६ र नमान्दिरले २० रन बनाए।

पन्जाबका लागि बलिङतर्फ अर्षदीप सिंह, मार्को जान्सन र विजयकुमार वैशकले समान २-२ विकेट लिए। हर्पित बार्रले १ विकेट लिए। मंगलबार लखनउ र रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)बीच आइपीएल सिजन २०२५ को अन्तिम लिग चरणको खेलपछि शीर्ष दुई पक्का हुनेछ। 

सम्बन्धित समाचार