२०८३ बैशाख २६ गते , शनिबार
दमकमा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला बनाउने घोषणा
सरकारले झापाको दमकमा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला बनाउने घोषणा गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले संसद्मा पेस गरेका आगामी आर्थिक वर्षको बजेटमा उक्त कुरा उल्लेख छ। दमकमा बनाइने रङ्गशालामा विभिन्न खेलकुदका कार्यक्रमहरू सञ्चालन गरिने छ । काठमाडौंमा रहेको मूलपानी क्रिकेट रंगशाला, मोरङको गिरिजा प्रसाद क्रिकेट रंगशाला र कैलालीको फाप्ला क्रिकेट रंगशाला र रुपन्देहीको सिद्धार्थ क्रिकेट रंगशालाको लागि ४२ करोड बजेट विनियोजन गरिएको छ।