२०८३ बैशाख २६ गते , शनिबार

गुजरातलाई हराउँदै मुम्बई क्वालिफायर २ मा

sajilo news
झापा
२०८२ जेष्ठ १७ गते , शनिबार
गुजरातलाई हराउँदै मुम्बई क्वालिफायर २ मा

मुम्बई इण्डियन्सले इण्डियन प्रिमियर लिग (आईपीएल) को क्वालिफायर २ मा स्थान बनाएको छ। गएराति न्यू चण्डीगढमा भएको एलिमिनेटेर खेलमा गुजरात टाइटन्सलाई २० रनले पराजित गर्दै मुम्बईले क्वालिफायर टूमा स्थान बनाएको हो।  टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले पूरै २० ओभरमा ५ विकेटको क्षतिमा २२८ रन बनाएको थियो। उसका लागि रोहित शर्माले सर्वाधिक ८१ रन तथा जोनी वैस्टोले ४७ रनको योगदान गरे। 

गुजरातका प्रसिद्ध कृष्ण र साइ किशोरले २-२ तथा मोहम्मद सिराजले १ विकेट लिए। २२९ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको गुजरातले पूरै ओभरमा ६ विकेट गुमाएर २ सय ८ रनमात्र जोड्न सक्यो । उसका लागि साइ सुदर्शनले ८० तथा वासिंटन सुन्दरले ४८ रन बनाए पनि लक्ष्य भेट्न सकेनन्। 

मुम्बईका ट्रेन्ट बोल्टले २ विकेट लिए। यससँगै गुजरात प्रतियोगिताको उपाधि दौडबाट बाहिरिएको छ । मुम्बईले भने अब पञ्जाब किंग्सविरुद्ध क्वालिफायर टू खेल्नेछ। यो खेल आइतबार राति पौने ८ बजे अहमदाबादमा हुनेछ । यो खेलमा विजयी हुने टोलीले उपाधिका लागि मंगलबार रोयल च्यालेन्जर्स बैंगलुरुसँग प्रतिस्पर्धा गर्नेछ।

 

सम्बन्धित समाचार