स्पेनलाई स्तब्ध पार्दै नेशन्स लिगको उपाधि पोर्चुगलले जित्यो
युइएफए नेशन्स लिगको उपाधि पोर्चुगलले जितेको छ। म्युनिखमा आइतवार भएको रोमाञ्चक फाइनलमा पेनाल्टी सुटआउटमा स्पेनलाई ५–३ ले पराजित गर्दै पोर्चुगलले उपाधि जितेको हो।
निर्धारित ९० मिनेटको खेलमा २-२ गोलको बराबरी भएपछि ३० मिनेटको अतिरिक्त सम खेलाइएको थियो। अतिरिक्त समयमा पनि कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टीबाट लिइएको थियो।
पोर्चुगलका लागि नुनो मेन्डिस र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरे भने स्पेनका लागि मार्टिन जुबीमेन्दी र मिकेल ओयारजाबाईले गोल गरेका थिए।
२०२३ संस्करणका विजेता स्पेनले २१औं मिनेटमा मार्टिन जुबिमेन्दीको गोलबाट अग्रता लिएको थियो। तर त्यो अग्रता धेरै समय टिक्न सकेन। पाँच मिनेटमै नुनो मेंडेसले कुनाबाट गरेको तीव्र प्रहारले उनाई साइमनलाई पराजित गर्दै बराबरी गोल गरे।
गत वर्षको युरोपियन च्याम्पियनसिप फाइनलमा इङ्ल्यान्डविरुद्ध अन्तिम क्षणमा विजयी गोल गरेका मिकेल ओयार्जाबालले ४५औं मिनेटमा गोल गर्दै स्पेनलाई पुनः अग्रता दिलाए। पहिलो हाफमा २–१ अगाडि रहेको स्पेन खेलको ६१औँ मिनेटमा पोर्चुगलले बराबरी गोल गरेको थियो।
पोर्चुगलका लागि नले मार्क कुकुरेलालाई पछाडि छोड्दै नुनो मेंडेसको डिफ्लेक्टेड क्रसमा भली प्रहार गर्दै नजिकबाट गोल गरे।योसँगै पोर्चुगलले दोस्रो पटक युइएफए नेसन्स लिगको उपाधि जितेको छ। यसअघि २०१९ मा पोर्चुगलले यो उपाधि जितेको थियो।