२०८२ माघ ५ गते , सोमबार

अत्यधिक गर्मीका कारण झापामा पनि विद्यालयहरु बन्द हुन थाले

sajilo news
झापा
२०८२ जेष्ठ २७ गते , मंगलबार
अत्यधिक गर्मीका कारण झापामा पनि विद्यालयहरु बन्द हुन थाले

केही दिनदेखिको अत्यधिक गर्मीका कारण झापामा पनि विद्यालयहरु बन्द हुन थालेका छन् । यसै क्रममा झापाको कमलमा गर्मीका कारण पठनपाठनमा समस्या भएपछि जेठ २८ र २९ गते गाउँपालिकाभित्रका सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालयहरूलाई दुई दिन बिदा दिइएको हो । गर्मीका कारण विद्यार्थीहरूको पठनपाठनमा समस्या भएकोले मीन पचासको बिदाबाट कट्टा हुने गरी दुई दिन पठनपाठन स्थगित गर्न गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले सबै विद्यालयहरूलाई सूचित गरेका छन् ।

कमल गाउँपालिकामा २१ वटा सामुदायिक र २९ वटा संस्थागत विद्यालय रहेका छन् । विद्यार्थीहरूको समस्यालाई मध्यनजर गरी दुई दिनका लागि पठनपाठन रोक्ने निर्णय गरिएको शिक्षा शाखा प्रमुख सूर्य न्यौपानेले बताए । अत्यधिक गर्मीका कारण बालबालिका र बृद्धबृद्धाहरु बढी प्रभावित भएका छन् ।

मोरङको पथरी शनिश्चरे नगरपालिकाले पनि आफ्ना नगरभित्रका विद्यालयहरूलाई भोलि र पर्सी बिदा दिएको छ । अन्य पालिकाहरूले पनि गर्मीका कारण विद्यालयहरूलाई बिदा दिन लागेको जनाइएको छ । मौसमविद्हरूका अनुसार यही जेठ १५ गते भित्रिएको मनसुन कोशी प्रदेशबाटै पूर्वी एसिया फर्किएको छ । त्यसकारण केही दिन मनसुन फैलिने सम्भावना देखिँदैन ।

सम्बन्धित समाचार