२०८३ बैशाख ३ गते , विहीबार
ओटिटी र टिभीमा पनि पुष्पा-२ ले बनायो नयाँ रेकर्ड
मुम्बई । दक्षिण भारतीय अभिनेता अल्लु अर्जुनले आफ्नो पछिल्लो चलचित्र ‘पुष्पा २ : द रुल’ बाट चलचित्र घरमा सर्वाधिक व्यापारको रेकर्ड बनाएका थिए । उनले यो चलचित्रबाट ओटिटी प्लेटफर्म तथा टेलिभिजन च्यानलमा पनि नयाँ रेकर्ड बनाएका छन् ।
आफ्नो अभिनयबाट भारत सरकारको राष्ट्रिय अवार्ड जित्न सफल अल्लु अर्जुनले ‘पुष्पा २ः द रुल’बाट टिभीमा अहिलेसम्मकै उच्च ५.१ टिभिआर रेकर्ड बनाउँदै शीर्ष स्थानमा पुगेका छन् ।
यो चलचित्र टेलिभिजन तथा ओटिटी प्लेटफर्ममा सबैभन्दा बढी हेरिएको भारतीय चलचित्र बन्न सफल भएको छ । यो भन्दा अघिका चलचित्रले ३.९ टिभिआर रेकर्ड बनाएको थियो । पुष्पा २ः द रुलले बिगतको भारतीय चलचित्रलाई १.२ टिभिआर रेकर्डले उछिनेर ५.१ को रेकर्ड बनाएको हो । दर्शकको यो माया प्रति अल्लु अर्जुनले खुसी व्यक्त गरेका छन् ।