२०८३ बैशाख ६ गते , आईतबार

मेची क्याम्पसमा तीन बुँदे माग राख्दै विद्यार्थीले लगाए ताला

sajilo news
झापा
२०८२ असार ४ गते , बुधबार
मेची क्याम्पसमा तीन बुँदे माग राख्दै विद्यार्थीले लगाए ताला

भद्रपुर । भद्रपुर-८ स्थित मेची बहुमुखी क्याम्पसमा अनिश्चितकालीन तालाबन्दी गरिएको छ । बिबिएमा अध्ययनरत क्रिकेट खेलाडीहरूले मंगलबार दिउँसो तीन बुँदे माग अघि राख्दै क्याम्पसका सह-प्रमुख तथा लेखा शाखामा अनिश्चितकालीन तालाबन्दी गरेको स्ववियुका कोषाध्यक्ष प्रतीक साहे रौनियारले जानकारी दिए ।

क्याम्पस प्रशासन पक्षले यही असार १६ गतेदेखि काठमाडौँमा हुने बिबिए कप क्रिकेटमा मेची क्याम्पसको टिमलाई खेल्न पाउने अधिकारबाट वञ्चित गराउन खोजिएको, त्यसको प्रक्रिया अविलम्ब अघि बढाउनु पर्ने र बिबिए संकायका विद्यार्थीहरूले खेल शीर्षकमा तिरेको प्रति सेमेस्टर रु ८०० लिने आधार एवम् उक्त शीर्षकको आयव्यय विवरण माग गरिएको कोषाध्यक्ष रौनियारले बताए ।

क्याम्पस स्ववियुले पनि सहभागिता गराउन चाहेको तर क्याम्पस प्रशासनले यस कुरामा विद्यार्थीको पक्षमा निर्णय लिन नसकेर विद्यार्थीहरूलाई विगत १० दिनदेखि दुःख दिने काम गरेकोले बाध्य भएर विद्यार्थीहरुले तालाबन्दी गर्नुपर्ने उनको भनाई छ। तालाबन्दी गरेपछि प्रशासनले आज १० बजे छलफलका लागि बोलाएको उनले बताए । 

सम्बन्धित समाचार