२०८३ बैशाख ३ गते , विहीबार

काँकडभिट्टा नाका : भारतबाट काम गरी फर्किएका एक जनामा कोरोना देखियो

sajilo news
झापा
२०८२ असार ६ गते , शुक्रबार
काँकडभिट्टा नाका : भारतबाट काम गरी फर्किएका एक जनामा कोरोना देखियो

पूर्वी नाका काँकडभिट्टाबाट प्रवेश गरेका एक व्यक्तिमा कोरोना संक्रमण भेटिएको छ । हिजो दिउँसो २.२५ बजे काँकडभिट्टाबाट प्रवेश गरेका दोलखा तामाकोशी गाउँपालिका-२ बस्ने ४७ वर्षीय दावा तामाङलाई कोरोना पुष्टि भएको हो ।

उनी भारतको खर्साङबाट घरतर्फ फर्किँदै गरेका थिए । काँकडभिट्टा नाकामा रहेको हेल्थडेक्समा एन्टीजेन टेस्ट गर्दा पोजिटिभ देखिएकोले उनलाई होम आइसोलेसनमा पठाइएको प्रहरीले जनाएको छ । पूर्वमा एकपछि अर्कोमा कोरोना संक्रमण देखिन थालेको छ । यसअघि झापा बिर्तामोड र इलाम रोङका दुई जनामा कोरोना पुष्टि भइसकेको छ ।

सम्बन्धित समाचार